शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०५ जेठ २०७५, ०६ : ०८
शनिबार, ०५ जेठ २०७५

आजको राशिफल

वि.स.२०७५ साल जेष्ठ ०५ गते । शनिबार । ईश्वी सन् २०१८ मे १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि चतुर्थि १० घडी २६ पला,बिहान ९ बजेर २६ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र आद्रा २ घडी ३७ पला,बिहान ६ बजेर १८ मिनेट उप्रान्त पूनर्वशु । योग शूल १७ घडि १२ पला,बेलुकी ४ बजेर ८ मिनेट उप्रान्त गंड । करण भद्रा,बिहान ९ बजेर २६ मिनेट उप्रान्त वव,बेलुकी ८ बजेर १२ मिनेट उप्रान्त वालव । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि मिथुन,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त कर्कट । 

 

काठमाडौंमा सूर्योदय ५ बजेर १५ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५० पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुँनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

शुभ अंक — १

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुँने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोर भएको महशुष हुँनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुँनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखी टाडिन सक्छन् । अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा बाजेको धन सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ ।

शुभ अंक —५

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुँनेछ । पढाई लेखाईमा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ ।

शुभ अंक — ७

शुभ रंग — सेतो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

शुभ अंक — ८

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

शुभ  अंक — ६

शुभ रंग — निलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

शुभ अंक — १

शुभ रंग — सेतो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुँनेछैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुँनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । 

शुभ अंक — ३

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ ।

शुभ अंक — ६

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप