शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा उच्च अधिकारीको सरुवा/पदस्थापन, मेट्रोमा मनोज नेउपाने

शुक्रबार, ०४ जेठ २०७५, २१ : ०६
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं – नेपाल प्रहरीमा २२ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा/पदस्थापन भएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ २२ डिआईजीको सरुवा/पदस्थापन गरेको हो । 

गृहले महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा हालका प्रहरी प्रवक्ता मनोज नेउपाने, एकेडेमीमा हालका सिआईबी प्रमुख पुष्कर कार्की, कार्य विभागमा छविलाल जोशी, अ.अ. विभागमा धिरु बस्न्यात र मानवस्रोतमा ज्ञानविक्रम शाहलाई पठाएको छ । 

त्यस्तै सिआईबीमा नारायणसिंह खड्का, विशेष ब्यूरोमा पिताम्बर अधिकारी र त्रिभुवन विमानस्थलमा कमल जिटीलाई पदस्थापन गरेको हो । 

यस्तै प्रदेश १ प्रमुखमा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहरा, प्रदेश ५ मा शेरबहादुर बस्नेतलाई पदस्थापन गरेको छ । 

यस्तै प्रदेश ६ मा सुरेशविक्रम शाह र प्रदेश ७ मा शरद चन्दले जिम्मेवारी पाएका छन् । 

यसैबीच ट्राफिक महाशाखाको प्रमुखमा एसएसपी बसन्त कुमार पन्तलाई पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप