बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गरियो पेरिसडाँडामा ओलीलाई स्वागत (हेर्नुहोस् १२ तस्बिरमा)

शुक्रबार, ०४ जेठ २०७५, २० : ०१
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वमाओवादी कार्यकर्ताहरुले खादा लगाएर स्वागत गरेका छन् । 

अध्यक्ष ओलीलाई पेरिसडाँडामा पूर्वमाओवादी नेता एवम् कार्यकर्ताहरु मणि थापा, प्रल्हाद बुढाथोकी, प्रकाश पोख्रेल, निर्मल पौडेललगायतले स्वागत गरेका हुन् । 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेरिसडाँडामा प्रवेश गरेलगत्तै माओवादी जनयुद्धमा शहिद भएकाहरुको सम्झनामा स्थापना गरिएको जनयुद्ध स्मारकमा माल्यार्पण गरेका थिए । 

माओवादी ‘हेडक्वार्टर’को बोर्ड बदलियो, अब नेकपाको मुख्यालय (फोटो/भिडियो)

यअसघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बराहीस्थित कार्यालय पुगेका थिए । धुम्बाराहीमा उनलाई केपी ओली, माधव नेपाल, नारायणकाजी र बादलले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप