शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र

शुक्रबार, ०४ जेठ २०७५, १९ : ३३
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौँ । नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । 

बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गरे ।

डा देवकोटाले चिकित्सा सेवालाई जनताको सहज पहुँचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा खेलेको अग्रसरता अतुलनीय भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले बताए । 

सो अवसरमा डा देवकोटाले गरीबका छोराछोरीले सहज र सुलभ तरीकाले चिकित्साशास्त्र अध्ययन गर्न पाउने वातावरण बनाउन तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्नका लागि सातै प्रदेशमा उच्चस्तरको अस्पताल निर्माण गर्न आग्रह गरे । 

पित्तनलीमा अर्बुद रोगका कारण डा. देवकोटाले अहिले अस्पतालमा उपचार गराइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप