नोबेल मेडिकल कलेज हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुन सफल
शुक्रबार, ०४ जेठ २०७५, १९ : २३
काठमाण्डौं । काठमाण्डौमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रथम भएको छ । कान्तिपुर डेण्टल कलेजको आयोजनामा भएको प्रतियोगितामा नोबेल प्रथम भएको हो ।
बिजयी नोबेलले सिल्ड र प्रमाणपत्र पाएको नोबेलका ओरल मेडिसिन बिभागका लेक्चरर डा. पियुस शिवहरेले जानकारी दिए । नोबेलको तर्फबाट सहभागि बिना श्रेष्ठ, मेलिना मुल्मी, मञ्जुकुमारी शाह र स्लेसा गुरुङलाई कार्यक्रममा भारतीय दन्त चिकित्सक कृति नन्दिनाथले सिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिईन् । प्रतियोगितामा उपाधिका लागि राजधानीसहित बिभिन्न जिल्लाका पाँच कलेजवीच प्रतिष्प्रर्धा भएको थियो । बिजयी टिमलाई नोबेल मेडिकल कलेजले कार्यक्रम आयोजना गरी सम्मान पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा