शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

"नेपाल ट्रेड समिट" सम्पन्न, स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे छलफल

शुक्रबार, ०४ जेठ २०७५, १९ : १३
शुक्रबार, ०४ जेठ २०७५

काठमाण्डौ । दुई दिनसम्म चलेको "नेपाल ट्रेड समिट" आज सम्पन्न भएको छ । स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले जेठ ३ र ४ गते  होटल सोल्टीमा समिट सम्पन्न भएको छ ।

नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहको यस कार्यक्रममा ३०० भन्दा बढि प्रतिनीधीहरु, २५ भन्दा बढि प्रर्दशनकत्र्ताहरुको सहभागिता जनाएका थिए । बिहिबारबाट प्राबिधिक सत्र सुरु भई आज अर्थमन्त्री डा. युवराज खतिवडाले समिटको औपचारिक उद्घाटन गरे । उनले देशमा अझै पुर्वाधारहरु धेरै बन्न बाँकी रहेको र मुलुक लोड सेडिङ मुक्त भई लगानीको वातारण बनेकोले नेपालमा लगानी गर्न अनुरोध गरे ।  त्यसैगरी नेपालका प्रतिष्ठित उद्योगीहरु प्रदिपकुमार श्रेष्ठले देशमा लगानीको लागि धेरै अवसरहरु रहेको बताउँदै छिमेकी मुलुकहरुका लगानीकर्ताहरुलाई नेपालमा साझेदारी गर्न स्वागत गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारीले कार्याक्रममा लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे । 

स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे छलफल, त्यसै गरि चिन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसरहरुका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे जान्ने, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप