शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा केपी ओली र धुम्बाराहीमा प्रचण्ड पुग्दा जे देखियो (फोटोफिचर)

शुक्रबार, ०४ जेठ २०७५, १९ : १२
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीलाई पेरिसडाँडामा पूर्वमाओवादी कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

अध्यक्षद्वय ओली र दाहाललाई पेरिसडाँडामा पूर्वमाओवादी नेता एवम् कार्यकर्ताहरु मणि थापा, प्रल्हाद बुढाथोकी, प्रकाश पोख्रेल, निर्मल पौडेल लगायतले स्वागत गरेका थिए । अध्यक्ष ओलीले पेरिसडाँडामा प्रवेश गरेलगत्तै माओवादी जनयुद्धमा शहिद भएकाहरुको सम्झनामा स्थापना गरिएको जनयुद्ध स्मारकमा माल्यार्पण गरेका थिए । यअसघि अध्यक्ष पुष्पकमल दाहाल धुम्बराहीस्थित कार्यालय पुगेका थिए । धुम्बाराहीमा उनलाई केपी ओली, माधव नेपाल, नारायणकाजी र वादलले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप