शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगमन्त्रीको निर्देशनमा छड्के जाँचः रेस्लिङ हेर्नेदेखि फेसबुक चलाउनेसम्म भेटिए !

शुक्रबार, ०४ जेठ २०७५, १८ : १८
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालय मातहतका विभिन्न कार्यालयमा झड्के जाँच गरिएको छ । मन्त्री यादवका स्वकीय सचिवालयका उपसचिव सन्तोष विष्टको नेतृत्वको टोलीले सेवाग्राहीको भेषमा  मन्त्रालय मातहतका ६ वटा कार्यालयमा कर्मचारीको आचरण, व्यवहार र कामकार्वाहीबारे छड्के जाँच गरेको हो ।

विष्ट नेतृत्वको टोलीले छड्केका क्रममा करिब एक दर्जन कर्मचारीको विषयमा मन्त्रालयमा रिपोर्ट पेस गरेको छ । मन्त्रालयमा पेश गरिएको उक्त रिपोर्टमा केही कर्मचारी हाजिर गरी कार्यलय बाहिर गएका, केही कर्मचारी फेसबुकमा व्यस्त रहेका, केही रेस्लिङ हेरिरहेका,केही गफ गरेर बसेको पाईएको जनाइएको छ ।

टोलीले मन्त्रालय मातहतका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग, खाद्य संस्थान केन्द्रीय कार्यालय, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र लगायत आधा दर्जन कार्यालयमा छड्के जाँच गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप