शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपराधजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरुमाथि कठोर हुन महानिरीक्षक खनालको निर्देशन

शुक्रबार, ०४ जेठ २०७५, १७ : ५१
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको नीति र उद्धेश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी संगठनभित्रका अधिकारीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् ।

महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए । कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

महानिरीक्षक खनालले कानुनी रूपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्न पनि निर्देशन दिए ।   कार्यक्रममा निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतमाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको थियो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा।दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप