बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मोहन वैद्यको टिप्पणी : दक्षिणपन्थी र अवसरवादी धारको मिलन !

शुक्रबार, ०४ जेठ २०७५, १७ : २४
शुक्रबार, ०४ जेठ २०७५

रामहरि श्रेष्ठ

ओखढुंगा–नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले बाम एकताका नाममा माओवादी केन्द्रको विलय भएको बताएका छन् । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रमका लागि ओखलढुंगा आएका वैद्यले एमाले र माओवादी केन्द्रबीच एकता नभएर दक्षिणपन्थी र अवसरवादी धारको मिलन भएको टिप्पणी पनि गरे ।

नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव बैद्यले भने, ‘यो एमाले र माओवादीको एकता नेकपा हैन माओवादी एमालेमा बिलय भएको हो जुन माओवादीले समाजवादका लागि लाग्दै आएको शक्ति बिलय भैछाड्यो ।’ 

नेपालमा संशोधानवादी, अवसरवादी धारको एकिकरण भएकाले अव क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै नयाँ जनवादीक्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको बैद्यले प्रष्ट पारे ।

 ‘मुलुक अझै जनताले चाहेजस्तो भएको छैन रुपान्तरण भएको छैन, त्यसका लागि हामी नयाँ जनवादी क्रान्तिमा जाने चरणमा छौ ’ उनले भने ।

नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उनले बताए । यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओावदीले जनाएको छ । 

‘एमालेमा विलय भएको पार्टिसँग एकता गर्ने कुरै भएन, अब बाँकी दूईटा नेकपा र नेकपा मसालसँग पार्टी एकताको निम्ती छलफलको प्रकृया अघि बढाएका छौ ’उनले भने,‘कार्यगत एकताका लागि सबै क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्ने दिशामा छौ’ ।

संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेश स्तरीय प्रशिक्षणका लागि महासचिव वैघ, नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रिय सदस्यहरु ओखलढुंगा आएका छन् । 

प्रशिक्षण शनिवारसम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप