बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

“टाटा मोटर्स कार मेला सिजन ३” ईटहरीमा

शुक्रबार, ०४ जेठ २०७५, १६ : ४७
शुक्रबार, ०४ जेठ २०७५

इटहरी । टाटा मोटर्स कार मेला सिजन ३ आजबाट ईटहरीको ओसन पार्कमा सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.कालागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा वार्षिक रुपमा आयोजना हुँदै आइरहेको टाटा मोटर्स कार मेला सिजन ३ आजबाट ईटहरीमा सुरु भएको हो । 

उक्त मेला जेष्ठ ४ गतेबाट ६ गतेसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको टाटाले जनाएको छ । वार्षिक रुपमा आयोजना गरिने हुनाले ग्राहकहरु यो मेलाको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । 

यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप