बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुध वितरण आयोजनालाई स्तरोन्नती नगरे कारवाही गर्ने मन्त्री खनालको चेतावनी

शुक्रबार, ०४ जेठ २०७५, १६ : १७
शुक्रबार, ०४ जेठ २०७५

मोरङ– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले दुध वितरण आयोजना (डिडिसी) विराटनगरलाई स्तरोन्नती नगरे सोच्न बाध्य हुने चेतावनी दिएका छन् । 

राज्यमन्त्री रामकुमारी चौधरी, सचिव युवकध्वज जिसीसहित अनुगमनमा गएका मन्त्री खनालले स्तरोन्नती नगरे सोच्न बाध्य हुने चेतावनी दिएका हुन् । 

सरकारले आगामी दुई वर्ष भित्र दुधमा आत्म निर्भर हुने गरी कार्ययोजना बनाए पनि डिडिसीको उत्पादन त्यसअनुसार नरहेको मन्त्री खनालकोे भनाइ छ । 

डिडिसी प्रविधिमा निक्कै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने उनले बताए । ‘जनताको जीवनस्तर जहाँ पुगेको छ, त्यसलाई हेर्दा धेरै सुधार गर्नुपर्ने देखिएको छ’ खनालको भनाई थियो ।

‘संस्था भित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पनि पारदर्शिता छैन भन्ने गुनासो आएको छ, त्यसलाई राम्रोसँग अनुगमन गरिन्छ, र अनियमितताका बावजुत संस्था पनि घाटामा चलिरहेको छ भने त्यस्तो संस्थालाई बचाइ राख्न आवश्यक छैन’ अनुगमनपछि पत्रकारसँग मन्त्री खनालले भने । दुधमा आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि बाहिरबाट ठूलो मात्रामा दुध आयत भइरहेको भन्दै उनले दुध उत्पादनका लागि राम्रो प्लान्ट जरुरी रहेको पनि बताए । 

काठमाडौंमा पनि अनाधिकृत, विना लेवलका, श्रोत नखुलेका, गुणस्तरहिन कृषि उपजहरु  पाइएको र अनुगमनका क्रममा विराटनगर पनि त्यसबाट अछुतो नरहेको उनको भनाई थियो । 

मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको बताए । उनले आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनलाई आत्मनिर्भर बनाउने तर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए । 

भारतबाट अमुल लगायत केही कम्पनीको धुलो तथा विभिन्न किसिमका दुध नेपाली बजारमा आइरहेको र निजी क्षेत्रले पनि अपेक्षित योगदान गर्न नसकिरहेकोले आयोजनाको विकास जरुरी रहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप