मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम ‘तरल सुन’ सहित भारतीय नागरिक पक्राउ

शुक्रबार, ०४ जेठ २०७५, १६ : ०८
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको तरिका परिवर्तन हुँदै गएको छ । पछिल्लो सयम सुन तस्करहरुले कम्मरमा बाँध्ने पेटी आकारमा सुनलाई झोल बनाएर ल्याउने क्रम बढेको हो ।

शुक्रबार प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । विमानस्थल प्रहरीले यसअघि दुईपटक यसैगरी तस्करी गरेर ल्याइएको ‘लिक्वीड गोल्ड’ बरामद गरेको थियो ।

शुक्रवार दुबईबाट नेपाल एयरलाईन्सको बिमान चढेर त्रिभुवन विमानस्थल ओर्लिएका भारत केराला स्थायी घर भएका शम्सिद पलक्कम कुझिइलको साथबाट प्रहरीले उक्त तरल सुन बरामद गरेको हो । कम्मर पेटी आकारमा प्लाष्टिकमा कभर गरिएको अवस्थामा बरमाद गरेको उक्त सुनसहित अभियुक्तलाई भन्सार पठाईने विमानस्थल प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप