शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल व्यवसायीले गरे सरकारी कदमको स्वागत: सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन माग

शुक्रबार, ०४ जेठ २०७५, १६ : ००
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– बिहिबार श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट हटाएको घोषणा गरेलगत्तै मेडिकल व्यवसायीले यसको स्वागत गरेका छन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल मेडिकल व्यवसायी संघले सरकारी कदमको स्वागत गरेको हो ।  

‘यसअघि पटक–पटक सरकारसँग हारगुहार गर्दा पनि कुनै सुनुवाई भएन । तर यतिबेला सत्यको जीत भएको छ र आफूमात्रै खाउँ भनेर लुट मच्चाउने केही सीमित मेडिकल व्यवसायीको हार भएको छ । हामी यो सरकारी निर्णयको स्वागत गर्छौ’ संघका अध्यक्ष सीताराम रेग्मीले रातोपाटीसँग भने । 

‘सिन्डिकेट त खारेज भयो, तर यही नाममा उनीहरुले अरबौं रकम अवैध ढङ्गले कमाएका छन् । अब उनीहरुको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्छ । अवैध सम्पत्तिसमेत अब राज्यले आफू मातहत ल्याउनुपर्छ ।’ अध्यक्ष रेग्मीले भने ।

सरकारले सिन्डिकेट खारेज गरेपनि उनीहरुले अन्य संस्थाहरु बन्द नभएको भन्दै सरकारले एक्सन नलिए व्यवसायी आफैंले त्यस्ता संस्थाहरुमाथि एक्सन लिने पनि उनले चेतावानी दिए । 
हेर्नुहोस् संघको विज्ञप्ति:

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप