शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धारिलो हतियार प्रयोग गरी सिरहामा युवकको हत्या

शुक्रबार, ०४ जेठ २०७५, १५ : ५३
शुक्रबार, ०४ जेठ २०७५

सिरहा– सिरहाको पश्चिम कल्याणपुर नगरपालिका १ बनिनियाँमा एक दलित युवकको हत्या भएको छ ।

धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा स्थानीय २२ वर्षीय उमेश सदाको शव भेटएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

सदाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ । मृतक सदाको शव अर्नमा बनिनियाँको लोहजारा खोला किनारमा भेटिएको हो । 

सदा वैदेशिक रोजगारीबाट एकवर्ष पहिले फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।

बुधबार साँझदेखि घरबाट बेपता भएका सदाको शव बिहीबार साँझ खेतमा काम गरेर घर फर्किएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप