केन्द्रीय संस्करण

सुनसरीका ढाटहरुले उठाउँछन् मनोमानी शुल्क, इटहरीबाट दुई पक्राउ

person access_timeजेठ ४, २०७५ chat_bubble_outline0

मनोज भुजेल, सुनसरी– जिल्ला समन्वय समितिमार्फत लगाइएको ठेक्कामा तोकिएको भन्दा बढि शुल्क उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीले सुनसरी र मोरङ सीमामा पर्ने बुढी खोला नजिकको ढाटबाट बिहिबार साँझ राममणी पोखरेल र सन्तोष हलुवाईलाई पक्राउ गरेको हो ।उनीहरुले सुनसरी र मोरङमा संञ्चालित चौपाय र कृषि ठेक्कामार्फत बढि शुल्क उठाएका थिए । 
प्रहरीले उनिहरुलाई रसिदको ठेली सहित पक्राउ गरेको हो । 

यसरी उठाइन्छ दोब्बर शुल्क

जिप र ट्रकमा लोडगरि ल्याएका कृषि सामाग्रीहरु चामल, दाल, गहु लगायतका सामाग्रीबाट ढाटमा बस्नेहरुले मनपरी शुल्क उठाउने गर्छन् । कृषिका कुनै बस्तुमा प्रतिकेजी ५ देखि १० पैसा लिने नियम छ । तर, ढाटमा बस्ने कर्मचारीहरुले जबरजस्ती प्रति केजि ३ रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

यस्तै चौपायको ठेक्कामा पनि मनपरी शुल्क लिने गरिएको छ । इटहरीको बुढीनजिक रहेको ढाटले मोरङको समेत चौपायको शुल्क उठाउने गरेको छ । गोटागन्ती हिसाले बिलरसिद सहित शुल्क काट्नु पर्ने नियम भएपनि उनीहरुले एक ट्रकको १५ सयदेखि २५ सयसम्म शुल्क लिने गरेका छन् । चौपायाको हकमा साना सबारीमा रहेका प्रति चौपाय (सुगुर, बाख्रा आदी) को ६० रुपैयाँदेखि ठुला सबारीमा रहेका (राँगा, गाई, गोरु) आदीको दुईसय रुपैयाँसम्म शुल्क लिने गर्छन् । सोही ढाटमार्फत प्रतिदिन १२ देखि १५ वटा साना र ठुला सबारीको मनपरी शुल्क उठ्दै आएको छ ।  यतिमात्रै होइन, शुल्क काट्दा जिल्ला समन्वय समितिले उपलब्ध गराउने बिल नै प्रयोग गरिदैन । बढि शुल्क उठाउने गरेको बिषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले त्यस्ता व्यक्तिहरुलाई कडा कारबाही गर्ने बताए । कानुन र नियम अनुसार सम्झौता भएको दररेट भन्दा बढी शुल्क उठाउने सबै ढाँटलाई कारबाहीको दायरामा ल्याउने र अनुगमन गर्ने दावी समेत गरे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X