बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोडक्ट : नम्बर प्लेटसहित “न्यू” इलेक्ट्रिक स्कूटरमा सरर

शुक्रबार, ०४ जेठ २०७५, १५ : ०६
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौँ । सन् २०१७ मा गरिएको सर्वेक्षणमा विश्वका १० प्रदुषित सहरहरुको सूचीमा काठमाडौं ५औँ नम्बरमा परेको थियो भने अफ्रिकाको घाना पहिलो नम्बरमा थियो । 

वैज्ञानिकहरुका अनुसार वातावरण प्रदुषणको मुख्य कारक पेट्रोलियम पदार्थ नै हो । विश्वमै वातावरणीय प्रद्रुषण कम गर्ने उपायको खोजी भइरहेको वेला इलेक्ट्रिक सवारी साधन एक विकल्पको रुपमा आएको छ । 

यही विकल्पको खोजीमा लागेको चाइनाको “न्यू” कम्पनीले निर्माण गरेको छ “न्यू एन वन एस र एम वन प्रो” इलेक्ट्रिक स्कुटर । चाइनाको न्यू कम्पनीले २०१५ मा विश्वभरनै लन्च गरेको एन वन एस र एम वन प्रो लाई इको इन्फिनिटिले नेपालमा केही महिनाअघि मात्रै भित्र्याएको छ । 

नेपालको बजारमा (युवा पुस्तामा) निकै राम्रो छाप छोड्ने इको इन्फिनिटिको दावी छ । वातावरणीय प्रदुषण कम गर्न सहयोगी हुने आशाका साथ नेपालमा थुप्रै कम्पनीका इलेक्ट्रिक स्कुटर यस अघि नै भित्रिसकेका भए पनि राम्रो बजार लिन सकेको छैन । 

यसको मुख्य कारण सडक सुरक्षालाई लिइएको छ । विगतका इलेक्ट्रिक स्कुटर सुरक्षाका हिसाबले प्रभावकारी नहुनुको मुख्य कारण भनेको यातायात व्यवस्था विभागमा दर्ता नहुनु नै हो । तर “न्यू” ले भने यातायात व्यवस्था विभागमा दर्ता भई नम्बर प्लेट प्राप्त गरेको छ । 

कुनै पनि यातायातका साधनलाई यातायातमा दर्ता गराउनको लागि यातायातले तोकेको मापदण्ड पूरा गर्नुपर्दछ यदी मापदण्ड पुरा गरेको खण्डमा त्यस्ता सवारी साधनले आधिकारीक विक्रिवितरणको अनुमति पाउँदछन् । इको इन्फिनिटिले यातायातको मापदण्ड पुरा गरेर नै “न्यू” एन वन एस र एम वान प्रो  ले नम्बर प्लेट पाएको इको इन्फिनिटिकी सिइओ प्रनयना केसीले बताईन् । 

“न्यू” स्कुटर नेपालको रोडमा सहजै गुडाउन सकिन्छ । उकालो, खाल्डाखुल्डी, कच्ची सडकहरुमा सजिलै गुडाउन सकिने भएकाले पनि न्यूले मार्केट लिने इको इन्फिनिटिका मार्केटिङ म्यानेजर माज अशरफको भनाई छ । इको इन्फिनिटिले ग्राहकलाई केही दिनको ट्रायल सुविधा पनि उपल्बध गराएको छ । 

जस अनुसार स्कुटरको जाँच गर्न को लागि केही दिनको ट्रायल लिन सकिने म्यनेजर अशरफले बताए । उनका अनुसार हालसम्म १०० भन्दा बढी स्कुटर बिक्री भइसकेको छ । छोटो समयमा यसको विक्रीले इलेक्ट्रिक स्कुटरको माग बढेको प्रष्ट हुन्छ ।

के छन् विशेषता ?

“न्यू” को एन वान एस अन्य चलन चल्तीका इलेक्ट्रिक स्कुटरभन्दा फरक किन छ त ? मुख्य त यो यातायातमा दर्ता भई नम्बर प्लेट प्राप्त गर्न सफल छ भने अर्कोतर्फ काठमाडौं लगायत नेपालका सडकलाई सुहाउँदो छ । 

युवालाई लक्षित गरेर निर्माण गरिएकोले यो स्कुटरको डिजाइन स्पोर्टी छ । यो स्कुटर रातो, कालो, निलो, खैरो र सेतो रंगमा उपब्ध कलरमा उपलब्ध छ । 

लिथियम व्याट्री नै यो स्कुटरको मुख्य विशेषतामा पर्छ किनभने नेपालमा भित्रिएका अन्य स्कुटरमा लेडएसीड व्याट्री (जुन डिस्पोजएवल होइन) थियो यो भन्दा लिथियम व्याट्री धैरै टिकाउ भएको पाइएको छ ।

लिथियम व्याट्री डिस्पोजएवल भएकाले पनि वातावरणीय हिसावले यो प्रदुषणमुक्त छ । यो व्याट्री प्यानासोनिक र एलजी कम्पनीले निर्माण गरेको छ जसमा १७० सेलहरु छन् । जसमा रहेको  बि.एम.स. ले ब्यत्रिलाई ओभर चार्ज हुन बाट जोगाउछ साथै ब्याट्रीको आयु पनि बढाउछ । यो १० केजी को हुन्छ । यस स्कूटरमा अन्य इलेक्ट्रिक स्कूटर मा जस्तो एम.सी.बि.स्विचहरु नराखीयर बि,एम.स.,एफ.ओ.सी., इ.सी.यु., एस.ओ.सी. जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरियको छ । जसले गर्दा यस स्कूटर लाई विश्व को न.१ स्मार्ट इलेक्ट्रिक स्कूटर मानिएको छ । 

जर्मनको बोस कम्पनीले निर्माण गरेको २४०० वाटको मोटर जडान गरिएकोले स्कुटर टिकाउ भएको कम्पनीको दावी छ । त्यसैगरी यसमा ड्यूल डिस्क ब्रेक सिस्टम रहेको छ । 

यसमा स्पिड म्यानेजमेन्टको लागि स्विच फिक्स्ड गरिएको छ । तीन किसिमका स्विचले स्पिड म्यानेज गर्न सजिलो बनाएको छ । तीन किसिमका स्विचले स्पिड म्यानेज गर्छ । अवस्था अनुसार स्कुटरको गति बढाउन र घटाउन सहज बनाएको छ ।

यो स्कुटरमा फाइबर प्लास्टिकको बडी छ जुन अन्य स्कुटरको भन्दा अलि मोटो र बलियो पनि छ । “न्यू” को एन वन एस को सवैभन्दा फरक विशेषता भनेको “एप” हो स्कुटरमा “एप”को प्रयोग भएको यो पहिलो पटक हो । जसले स्कुटरको सम्पूर्ण अवस्थाको जानकारी हातमै पाउँन सकिन्छ ।

स्कुटरको व्याट्रीको अवस्था, माइलेज, लोकेशन सवै जिपिएस ट्रयाकिङमार्फत एपले जानकारी दिन्छ ।  स्कुटर अन अफ गर्दादेखि सम्पूर्ण अवस्थाको जानकारी “एप” मा नोटिफिकेशन आउँछ । जसले स्कुटर सजिलै चोरी हुनबाट पनि जोगाउँछ । “एप”बाटनै व्याट्री कति छ र कति किलोमिटर स्कुटर चल्छ भन्ने जानकारी पाउँन सकिन्छ । यसले के सहज हुन्छ भने आफ्नो गन्तव्य निर्धारण गरेर स्कुटरको प्रयोग गर्न सजिलै सकिन्छ । त्यसैगरी ट्यूवलेस टायर भएकाले पन्चरको समस्या झेल्नु परेन ।

डिजाइन 

न्यू कम्पनीले एन वन एस स्कुटरको बडी डीजाइन गर्न दुई वर्ष लगाएको थियो । कारण अन्य स्कुटरभन्दा फरक, हलुका र आकारमा केही नयाँपन दिनु थियो । सोही बमोजिम कम्पनी सफल देखिन्छ । 

यो स्कुटरको बडीमा प्रयोग गरिएको स्टिल मोटरसाइकलमा प्रयोग हुने खालको भएकाले पनि बलियो छ । साथै बडीमा प्रयोग भएको प्लाष्टिक फाइवर मोटो छ र टिकाउ पनि । हलुको भएकाले पार्कीङ गर्दा वा निकाल्दा सहज हुनेछ । हेडलाइट र ह्यान्डिलमा कम्पनीको लोगो आकर्षक ढंगले डिजाइन गरि राखिएको छ । 

स्कुटरको अगाडि एल सी डी डिस्प्ले सिस्टम छ जहाँ व्याट्रीको अवस्था र पावर मोड छ । आरामदायी सिटका साथै सजिलै हेलमेट र अन्य सामान पनि अटाउने डिक्की छ । डिक्कीबाट पनि व्याट्री चार्ज गर्न मिल्ने पोर्ट राखिएको छ । जसले गर्दा घरीघरी व्याट्री निकाली राख्नुपर्ने झन्झट हुँदैन ।

 डिक्की खोल्नको लागी स्टार्ट बटनको तल अर्को स्विच राखिएको छ जहाबाट डिक्की खोल्न सकिन्छ । यसमा अटो लक सिस्टम छ । व्याट्रीलाई फूटवोर्डमा राखिएको हुन्छ जुन सुरक्षित रहन सक्छ ।

लाइट

“न्यू”मा जडान गरिएको हेड लाईट आकर्षक ढंगले डिजाइन गरिएको छ । स्मार्ट एल इ डी लाईटको प्रयोग गरिएकोछ । जसले गर्दा विपरीत दिशाबाट आउने सवारी साधनलाई सिधै असर गर्दैन । साथै साइड लाइट अन गरे पछि निश्चित समयभित्र यो अटो अफ हुन्छ ।
 

माइलेज

“न्यू” को एन वन एस मा तीन प्रकारको पावर सिस्टम रहेको छ ।जुन गेयरजस्तै छ । एक पटक फुल व्याट्री चार्ज गरे पछि ८० किमीसम्मको माइलेज दिन्छ । यसमा ६० भोल्टको व्याट्री राखिएको छ जसलाई पुरा चार्ज गर्न ५ देखि ६ घण्टाको समय लाग्छ । साथै एम वन प्रो” ले भने १०० किलो मिटरसम्मको माइलेज दिन्छ । “न्यू” को एन वन एस अफरोडमा पनि सजिलै गुडाउन सकिन्छ । यो हलुको भएकाले ह्यान्डिल गर्न निकै सहज छ । 

व्याट्री

“न्यू” को दुवै मोडेलमा लिथियम व्याट्रीको प्रयोग गरिएको छ । यो व्याट्री प्यानासोनिक र एलजी कम्पनीले निर्माण गरेको छ जसमा १७० सेलहरु छन् । लिथियम व्याट्री डिस्पोजएवल भएकाले पनि उपयोगी मानिएको हो । स्कुटरको फूटवोर्डमा राखिएको व्याट्री १० केजीको हुन्छ । चार्ज गर्नको लागि कम्पनीले काठमाडौंको विभिन्न ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराएको छ । 

यो व्याट्रीलाई घरमै सजिलै चार्ज गर्न पनि सकिन्छ । एक पटक चार्ज गर्दा ४ देखि ५ यूनिट विद्युत खपत हुने भएकाले अन्य स्कूटरभन्दा यो निकै सस्तो पर्न आउँछ । अर्को फाइदा के छ भने स्कुटर जब ओरालोमा जान्छ व्याट्री अटो चार्ज हुन्छ । फूटबोर्डमा जडान गरिएकोले यो सुरक्षित छ साथै चार्ज गर्नको लागि यसलाई निकालीराख्ने झन्झट गर्नु पर्दैन किनकी डिक्कीमा यसकोे पोर्टएवल चार्ज सिस्टम रहेको छ । ब्याट्री को तौल १० केजी छ । यदी यसलाई निकालेर एक ठाउँबाट अर्को ठाउँमा लैजानु पर्ने भएमा पनि सहजै लैजान सकिन्छ । 

३ राईडिङ मोड

“न्यू”मा तीन किसिमको राईडिङ पावर रहेको छ । ह्रयाण्डीलमै सहज तरीकाबाट पावरमोड चेन्ज गर्न सहज हुने गरी डिजाइन गरिएको छ । मोड १ मा स्पिड लिमिट हुन्छ । जाम वा व्यस्त सडकमा यसको प्रयोग सहज हुने गर्छ । मोड ३ लाई स्पोर्ट मोड पनि भनिन्छ जुन हाई स्पिडमा प्रयोग हुन्छ साथै उकालोमा यो मोडको प्रयोग गर्न सकिन्छ । राईडिङ पावर गेयरको विकल्प पनि हो । स्कूटर चलाउँदा यो मोडले केही नयाँपन त अवस्य दिन्छ नै साथै चालकलाई सुरक्षित तरिकाले चलाउन पनि सिकाउँछ । 
 

मूल्य

“न्यू” को एन वन एस को डिस्काउन्ट मूल्य २ लाख ३५ हजार रहेको छ भने एम वन प्रो सिङ्गल सिटर जसको २ लाख १५ हजार रहेको छ । २ वर्षको वारेन्टी भएको यो स्कूटरले २ वर्षको अवधिमा केही खरावी भएमा कम्पनीले तुरुन्तै सेवा दिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप