शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको उच्च प्राथामिकतामा सिमेन्ट र स्टील उद्योगः अर्थमन्त्री खतिवडा

शुक्रबार, ०४ जेठ २०७५, १४ : ३७
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सिमेन्ट र स्टिल उद्योगको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल ट्रेड समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सिमेन्ट र स्टिल उद्योगको स्थापनामा लगानी बढाउन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले पूर्वाधार विकास र उर्जा क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने सरकारको योजना पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले सरकारले उद्योग क्षेत्रको विकासलाई गतिदिन ५ वर्षभित्र ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने योजना अघि सारेको समेत स्पष्ट पारे । उनले उर्जा क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्न सरकार लागि परेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप