बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चौका दाउ’ खेल्दै अजस्र र वर्षा

शुक्रबार, ०४ जेठ २०७५, १४ : १६
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौँ । चलचित्र ‘चौका दाउ’ अहिले उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ ।

एक साता अघिबाट छायाँकन सुरु भएको यो चलचित्रमा कथा, संगीतर परिकल्पना शम्भुजीत बासकोटाको रहेको छ ।

जेठ महिनाभरीमा सक्ने उद्देश्यका साथ चलचित्रको छायाँकन अहिले तिब्र गतिमा भइरहेको छ ।

सौर्य प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरिरहेका छन् ।

अजस्र ढुंगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदैछन् । ‘ए मेरो हजुर २’मा सह–अभिनेताको रुपमा काम गरेका ढुंगानाले चौका दाउबाट नायकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

पूर्णेन्दु झाको निर्देशन रहेको चलचित्रमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुंगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ । 

दीर्घ गुरुङको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत चलचित्रमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप