शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राको स्कोर्पियो स्पोर्ट युटिलिटि नेपाली बजारमा

शुक्रबार, ०४ जेठ २०७५, १४ : ०१
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौें । आकर्षक डिजाइन तथा अतुलनीय विशेषता युक्त महिन्द्राको स्कोर्पियो स्पोर्ट युटिलिटि भेइकल नेपाली बजारमा भित्रिएको छ । १९ खरब अमेरिकी पुँजी भएको महिन्द्रा ग्रुपले स्कोर्पियो गाडिलाई अझ धेरै नयाँ सुविधा एवं विशेषताले सुसज्जित गरी प्रस्तुत गरेको छ ।

यससँगै उच्च टर्ग पावर, नयाँ ५  स्पीड ट्रान्स्मिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ्ग तथा आरामदायी यात्राको लागि उच्च सुविधा युक्त रहेको छ । महिन्द्राका यस्ता सुविधाहरुले नेपालका कुनै पनि सडकहरुमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडेलहरुमा उपलब्ध रहेको छ । उपलब्ध रहेका मोडेलहरु एस४, एस५, एस७ र एस११ (डब्ल्यूडी) रहेका छन् । कम्पनीले नयाँ स्कोर्पियोले नेपालमा नयाँ मानकका रुपमा स्थापित भई गौरबका साथ नम्बर १ स्थानमा रहने विश्वास लिएको छ । उच्च क्षमता, साहसिक नयाँ विशेषता एवं सुविधा युक्त स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाएको कम्पनीको दावी छ । 

महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल (साउथ एशिया)का अपरेशन भाइस पे्रसिडेन्ट सन्जय जादवले ग्राहकहरुले यो नयाँ स्कोर्पियोलाई आफ्नो रोमाञ्चक एवं साहसिक यात्रामा साथ दिने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी अग्नि ग्रुपका म्यानेजिङ्ग डाइरेक्टर क्याबिनेट श्रेष्ठले यो भेइकलको नयाँपनले लक्जरीयस कम्फोटको साथ सम्पूर्ण रोड तथा अफ रोडहरुमा वेग्लै पहिचान स्थापित गर्ने दावी गरे । उनले विगत १५ वर्षदेखि निरन्तर यसले यो सेगमेन्टमा आफ्नो प्रभुत्व जमाइरहेको पनि बताए । 

महिन्द्र स्कोर्पियो स्पोर्ट युटिलिटि भेइकलको एमएचएडब्ल्यूके इन्जिनको साथले १२०बीएचपी तथा २८०एनएम टर्ग पावर प्रदान गर्दछ । साथै इनह्यान्स लो इन्ड टोर्कले शहरी यात्रा र मिड रेन्ज टोर्कले हाईवेमा सुखद यात्रामो अनुभव दिने कम्पनीको भनाई छ । छैटौ पुस्ताको बर्ग वार्नर टर्वो चार्जर मेक्स दि ड्राइभ पेपी एण्ड रेस्पोन्सिभ अल थ्रु ले ५ स्पिड ट्रान्समिसनले हाईवेमा कम इन्धन खपद गर्न मद्दत गर्दछ । अत्याधुनिक ब्रेकिङ्ग सिस्टमले उच्च गतिमा ब्रेक गलागउँदा पनि खासै त्यस्तो असजिलो अनुभव हुन दिंदैन । नयाँ स्कोर्पियोमा पार्किङ्गको  लागि रिभर्स ब्रेकिङ्क क्यामरा, नयाँ वान टच लेन चेन्ज इन्डिकेटर तथा अटो वीन्डो रोलअप सुविधा छ । कोल्याप्सिवल स्टेरीङ जस्ता विशेषता तथा इन्ट्रसन विम, प्यानीक ब्रेक इन्डिकेशन, इन्जिन इममोविलाइजरहरुले अझ धेरै सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई छ । आफ्नो आवश्यकता अनुसार ७, ८ तथा ९ सिट क्षमता युक्त गाडी खरिद गर्ने विकल्प पनि यसमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप