बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केटाहरूले आँट गर्न सकेका छैनन्– अभिनेत्री आरोही शर्मा

शुक्रबार, ०४ जेठ २०७५, १३ : ३७
शुक्रबार, ०४ जेठ २०७५

आजबाट प्रदर्शनमा आएको चलचित्र हो ‘हैरान’ । यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री आरोही शर्माले । विश्वकै कान्छा निर्देशक सौगात विष्टको यो चलचित्रमा उनी पत्रकारको भूमिकामा छिन् । चलचित्रको पहिलो हाफमा दुवैतिर ठिक्क पार्ने दहीचिउरे केटी र दोस्रो हाफमा आफू पत्रकार बनेको उनले बताइन् । काठमाडौँ सेतोपुल वानेश्वर निवासी उनी बीआईएम अन्तिम परीक्षाको तयारीमा छिन् । सर्वनाम नाटक घरबाट तीन महिने अभिनय कोर्स पूरा गरेकी उनले एक नाटक अभिनयसमेत गरेकी छन् । ग्ल्यामर खुलेको पहिरनमा नहुने धारणा राख्ने उनी ‘हैरान’ चलचित्रबाट अभिनयमा स्थापित हुने आसमा छिन् । ‘हैरान’मा उनको अलवा गजित विष्ट, पुष्कर रेग्मी, निश्मा घिमिरे, सत्य राज आचार्य, निर्मल शर्मा, सरोज खनाल, बुद्धि तामाङ (हैट), सागर लम्साल (बले), विनोद पौडेललगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । यी सबैको भन्दा आफ्नो बेग्लै खालको भूमिका भएकाले दर्शकको नोटिसमा पर्ने उनले दाबी गरिन् । ‘हैरान’ आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेसा तथा वर्गमा व्याक्तिहरूले भोगिरहेको विषयमा बनेको चलचित्र बताउने आरोहीसँग यस्ता छन् रातोपाटीका दस प्रश्न ।

डेब्यु चलचित्र ‘हैरान’ आजबाट आएको छ । डर, खुसी के छ ?

– ‘हैरान’को प्रदर्शनले मेरो करियरमा के होला भन्ने खालको डर त छैन । तर यो चलचित्र चल्छ कि चल्दैन, दर्शक हलसम्म पुग्छन् कि पुग्दैनन्  भन्ने कुरामा भने नर्भस छु । केही अगाडिसम्म एक्दम उत्साहित थिएँ । अहिले त डर पो लाग्न थालेको छ ।

तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

–क्राइम रिपोटरको भूमिका निर्वाह गरेकी छु । यो भूमिका पनि चलचित्रको अत्यतिर मात्र खुल्छ । चलचित्रको सुरुदेखि म दुवैतिर ठिक्क पार्ने दहीचिउरे क्यारेक्टरमा देखिनेछुु ।

कसरी राम्री बन्नु हुन्छ ?

– म भित्री सौन्दर्यमा विश्वास गर्छु । त्यो निखार्ने मेरो सदैव प्रयास रहन्छ । बाहिरी सौन्दर्य पनि चाहिन्छ । यसका लागि मेकअप गर्ने गरेकी छु । मेरो फेस एकदमै सेन्सेटिभ छ । त्यसैले यसका लागि डाक्टरले दिएको औषधिहरू पनि खाने गरेको छु । फाउन्डेसन, आइल्यान्डर, लिबिस्टिक लगायतका मेकअप म कहिलै छुटाउँदिन ।

फिटनेस गर्नुहुन्छ ?

–गर्छु । नियमित जिम जाने गरेकी छु । केही समययता चलचित्र ‘हैरान’को प्रमोसनले गर्दा जान पाएकी छैन । डान्स क्लास पनि जाने गरेकी छु ।

फेसनतिर रुचि छ ?

– फेसनमा त हरेक केटीको रुचि रहन्छ । अपडेट हुन मन लाग्छ । जुन  ट्रेन्ड चलेको छ, त्यो लगाउनुपर्छ भन्ने होइन । मलाई चलेको, नचलेको सबै प्रकारको फेसन प्रयोग गर्न मनपर्छ । त्यसले आफूलाई राम्रो देखाउँछ । प्रायः लगाउने फेसन भनेको जिन्स हो । तर हरेक केटीलाई राम्रो देखिने भनेको सारी नै हो । म पनि सारीमा राम्री देखिन्छु । धेरैले यसो भन्छन् ।

पूरा नभएको सपना ?

धेरै छन् । भर्खर एक, दुई गरेर पूरा हँुदैछ । नायिका बन्ने सपना पनि थियो । त्यो ‘हैरान’ले पु¥याइदियो ।

फुर्सदको समय कसरी बिताउनु हुन्छ ?

–  यो समय क्षमता वृद्धि हुने खालका किताबहरू अध्यायन गर्छु । भिडियोहरू हेर्छु । अभिनयको किताबहरू पढ्छु । यस्तै, यस्तै हो ।

कस्तो केटी तपाईं ?

– एकदमै सेन्सेटिभ भनौँ न । म सानो कुरामा खुसी, सानो कुरामा दुःखी हुन्छ । अरूका दुःख पनि देख्न सक्दिनँ । मिहिनेती पनि छु । जिम्मेवारी लिएको काम पूरा गर्ने खालकी छु ।

राजनीतितिर रुचि ?

– छैन । म राजनीति बुझ्दिनँ पनि । एउटा अभिनेत्रीले सबैतिर ध्यान दिनुपर्छ भन्ने मैले बुझेकी त छु । तर सिक्दै भनौँ न ।

सिङ्गल हो ?

– अहिलेसम्म भनौँ । किनभने अहिलेसम्म मलाई प्रेमको अफर नै आएको छैन । सायद आँट गर्न सक्दैनन् कि केटाहरू किन हो । त्यसैले अहिले प्रेम त छ । तर अन्यसँग होइन आफ्नो करियरसँग हो । जीवन साथी रोज्ने बेला भएको छैन । हरेक केटीहरू झैँ अग्लो, ह्यान्डसम, सबै गुणले सम्पन्न जीवनसाथी होस् भन्ने चाहना मेरो पनि छ । त्यसमा पनि बुझक्की, व्यावहारिक र मेरो हरेक काममा सपोर्ट गर्ने खालको भए धेरै राम्रो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप