शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपद व्यवस्थापनका लागि जापानको ६८ करोड सहयोग

शुक्रबार, ०४ जेठ २०७५, १२ : ५६
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ ।  अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनःनिर्माण, बाढी र पहिरोजस्ता विपद व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदूत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । अर्थसचिव खनालले नेपालको आर्थिक विकासमा जापानले उल्लेख्य योगदान दिँदै आएको स्मरण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप