शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री थापामाथि कांग्रेसको गम्भीर आरोप

शुक्रबार, ०४ जेठ २०७५, १२ : ५१
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार हुकुमी शासन सञ्चालन गर्ने दिशातर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएको छ ।  नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई हुकुमी पाराले आदेश दिएको भन्दै आपत्ति जनाएका हुन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले उपत्यकाको सडक व्यवस्थापनको काम तत्काल गर्न पनि सरकारसँग जोडदार माग गरे । सांसद अधिकारीले मेलम्ची खानेपानीको नाममा काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बनाइएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद कविता बोगटीले तत्काल स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले सबै स्थानीय तहमा बैंक सेवा संचालन गर्न पनि सरकारसँग माग गरे ।
सांसद रामप्रित पासवानले भने प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सीमा अतिक्रमणका विषयमा कुरा नउठाएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्री ओलीले राष्ट्रियताको कुरा गरिरहे पनि भारत सामू लम्पसार बनेको गम्भिर आरोप पनि लगाइन् ।

सांसद कोमल ओलीले सरकारलाई राष्ट्रिय गौरवको आयोजनालाई छिटो सक्ने गरी बजेटको उचित व्यवस्था गर्न माग गरिन् । उनले बजेट एकीकृत विकास परियोजनामा केन्द्रित हुनुपर्ने आवश्यक्ता पनि औल्याइन् । सांसद ओलीले जनताले सरकारबाट ठूलो अपेक्षा राखेको भन्दै सो अपेक्षा पूरा गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप