‘तरकारीवाली’ कुशुमलाई दर्शकले रुचाए – निर्देशक लामिछाने
काठमाडौं । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘लम्फू’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माता शक्तिबल्दभ घोरासैनीले जानकारी दिए । ]]चलचित्र प्रदर्शनमा आएको पहिलो र दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण र आइतबार नेपाल बन्द र झरीको कारण दर्शकको उपस्थितिमा केही प्रभाव देखिए पनि चलचित्रले भने राम्रो ब्यवसाय गर्न सफल भएको निर्माताको भनाई रहेको छ ।
‘ब्यवसायिक कलेक्सनलाई मात्र सफलता मान्न दिल्दैन’ निर्माता घोराशैनीले भने ‘दर्शकको उत्कृष्ट प्रतिक्रियालाई पनि सफलता मान्न मिल्छ ।’ ‘लम्फु’को बारेमा दर्शक र समिक्षकले राम्रो प्रतिक्रिया दिएको निर्माता घोराशैनीको भनाई रहेको छ ।
कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आर्यन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठ पनि चलचित्रमा अभिनय रहेको थियो ।
एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको चलचित्रमा तरकारीवाली हेर्ने इच्छा हुने दर्शक समेत हलमा देखिएको निर्देशक गोपाल चन्दै लामिछानेले बताए । उनले भने ‘तरकारीवाली कुशुमलाई समेत चलचित्रमा दर्शकले रुचाए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा