शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजकुमार ह्यारीको विवाहमा भारतको साँढे उपहार, आखिर किन ?

शुक्रबार, ०४ जेठ २०७५, १० : ३८
शुक्रबार, ०४ जेठ २०७५

ब्रिटेनमा हुन लागेको शाही विवाहमा अब एक दिन मात्र बाँकी छ । ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मेगन मर्केलको विवाह शनिबार अर्थात् १९ मे मा हुँदैछ । यो शाही विवाहको संसारभरी चर्चा छ ।

ह्यारी र मेगनको विवाहमा उपहार नदिने शर्त लागु गरे पनि भारतले भने यो जोडीलाई विवाहको शुभकामनासहित साँढे उपहार दिने भएको छ ।

उपहारमा दिने भनिएको ‘मेरी–द इन्डियन बुल’ नामको साँढेलाई अहिले महाराष्ट्रमा राखिएको छ । राजकुमार ह्यारी र मेगनको सम्मानमा यसको नाम ‘मेरी’ राखिएको छ जुन मेगनको ‘मे’ र ह्यारीको ‘री’ बाट राखिएको हो । यो उनीहरुको विवाहका लागि सबैभन्दा अनौठो उपहार हुनेछ किनभने यी दुबैको पशुप्रेम कसैबाट लुक्न सकेको छैन ।

भारतमा पशु अधिकारका लागि काम गर्ने संस्था पिटाले उक्त साँढेलाई एडोप्ट गरेको हो । पेटाका कर्मचारीका अनुसार मेरीलाई कमजोर र घाइते अवस्थामा फेला पारिएको थियो ।

अहिले लण्डनमा चिसो भएकाले मेरीलाई त्यहाँ पठाउन नसकिने बताउँदै यसको तस्बिरलाई सुन्दर फ्रेममा राखेर पठाइने तयारी भएको बताइएको छ ।

पेटाका संस्थापक इन्ग्रिड न्यूक्रिक भन्छन्, ‘अब राजकुमार ह्यारी र मेगनले एक टनको साँढेलाई आफ्नो भन्न पाउनेछन् ।’

‘मेरीको उद्धार नै मेगन र ह्यारीको विवाहको उत्कृष्ट उपहार हुनेछ किनभने यी दुबैले आफ्नो विशेष दिन च्यारिटीबाट सुरु गर्दैछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप