शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतीय दूतावास अगाडि बम विष्फोटको घटनामा थप एक पक्राउ

शुक्रबार, ०४ जेठ २०७५, १० : २७
शुक्रबार, ०४ जेठ २०७५

विराटनगर -विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । 

मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो । 

उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप