शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले पूरा गरेनन् प्रतिबद्धता : २४३ ठाउँमा जाने भनेपनि ११६ ठाउँमा मात्र पुगे

शुक्रबार, ०४ जेठ २०७५, ०९ : ५६
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैशाख मसान्तसम्म आफूले प्रतिबद्धता जनाएको २४३ स्थानीय तहमा बाणिज्य बैंकलाई शाखा खोल्न निर्देशन दिएपनि १२७ स्थानीय तहमा बैंकले शाखा खोल्न सकेका छैनन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार ११६ स्थानीय तहमा बैंक गएको छ । योसँगै बाणिज्य बैंकको शाखा भएको स्थानीय तहको संख्या ५ सय १० पुगेको छ ।  

बैंकहरुले ती ११६ स्थानीय तहमा इन्टरनेट, यातायात, विद्युतको सुविधा नभएको भन्दै जान नसकेको बताएका छन् । केही स्थानीय तहमा भने जाने तयारीमा रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।  

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्धवार्षिक समिक्षामार्फत पनि बाणिज्य बैंकको शाखा विस्तारमा कडाईको नीति लिएको छ ।

सोही नीति मार्फत  बैंकले कम्तीमा २ स्थानीय तहमा शाखा विस्तार गरेपछि मात्र काठमाडौं र ललितपुरमा शाखा खोल्न पाउने प्रावधान ल्याएको हो ।  

त्यसपछि फेरी केन्द्रीय बैंकले सबै स्थानीय तहमा बैंक जान आनाकानी गरेपछि बैशाख मसान्तसम्म आफूले प्रतिबद्धता जनाएको २४३ स्थानीय तहमा  बैंकको शाखा खोल्न  कडाइका साथ निर्देशन दिएको थियो ।

यो समयमा ११६ वटा स्थानीय तहमा मात्र बैंक पुगेका छन् । योसहित अहिले बाणिज्य बैंक भएको स्थानीय तहको शाखा ५ सय १० पुगेको हो । अझै २४३ स्थानीय तह बैंकविहीन छ । 

राष्ट्र बैंकले हरेक वाणिज्य बैंकलाई कम्तिमा १६ स्थानीय तहमा जान निर्देशन दिएको थियो । चालु आवको बजेटले पनि प्रत्येक  स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था गरेको छ ।

बजेट कार्यान्वयनकै लागि भएपनि प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको एउटा शाखा चाहिन्छ । बाणिज्य बैंकमा मात्र सरकारले सञ्चित खाता खोल्न पाउने व्यवस्था छ । 

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप