शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोफियाले फोटो सेयर गर्दै भनिन्, ‘बच्चा गुमाएपछि शरिर यस्तो भयो’

शुक्रबार, ०४ जेठ २०७५, ०८ : ०८
शुक्रबार, ०४ जेठ २०७५

बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात श्रीमान् भ्लाद स्ट्यान्स्यूसँग अलग्गिसकेकी छिन् । अप्रिलको अन्तिम हप्तामा यी दुई अलग्गिएको खबर सार्वजनिक भएको थियो । त्यतिबेला आफूले बच्चासमेत गुमाएको सोफियाले जानकारी दिएकी थिइन् । उनले बच्चा गुमाउनुको पीडा सोसल मिडियामा बारम्बार बयान गर्ने गर्छिन् । यस्तैमा उनले बिहिबार इन्टाग्राममा एउटा फोटो सेयर गरेर ‘बच्चा गुमाएपछिको आफ्नो शरिर’ भन्दै क्याप्सन लेखेकी छिन् ।

सेतो रङको भित्रि वस्त्र र सेतै पाइन्ट लगाएको उक्त फोटोमा उनले लेखेकी छिन्, ‘गर्भमा भएको बच्चा गुमाएपछिको मेरो शरिर । मेरो सुन्दर शरिरले जे भोग्यो त्यसका लागि म यसलाई निकै माया गर्छु... त्यसपछि बच्चा गुमाउनु र कहिले नभएको सेपमा आउनु....यस्तो सेप मैले बच्चा गुमाएपछि पाएकी हुँ भन्ने पनि सम्झन्छु । तर अझैपनि म यसलाई माया गर्छु । साँच्चै गर्छु । किनभने मेरो शरिरले मेरा लागि दैनिक धेरै नै काम गरेको छ ।’

सोफियाले श्रीमानलाई शैतान भनेर घरबाट निकालिदिएको बताएकी छिन् । उनका श्रीमानले झुटो बोलेको पनि उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप