शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी एकताको भव्य रात्रीभोज,पाँच तस्बीरमा हेर्नुहोस्

बिहीबार, ०३ जेठ २०७५, २१ : ५६
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं -एमाले र माओवादीबीच पार्टी एकताको उपलक्ष्यमा प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा रात्रीभोजको आयोजना गरेका छन् ।

पार्टी एकताको खुसीयालीमा प्रधानमन्त्रीको सरकारी निवास एमाले र माओवादीका नेताहरुलाई रात्रीभोज दिइएको छ । 

माले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।

पार्टी एकता प्रक्रियाका क्रममा अधिकांश बैठक बिहीबार पनि बालुवाटारमा नै बसेको थियो ।

सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो भने एमालेलेको केन्द्रीय कमिटीको अन्तिम बैठक पनि त्यही बसेको थियो ।

सरकारी निवासमा आफ्नो पार्टीका नेता-कार्यकर्ताका लागि भोज आयोजना गरेकोमा यस अघि प्रधानमन्त्रीहरुको आलोचना हुँदै आएको थियो । 

बामपन्थी सरकारले शुसाशनमा जोड दिने नीति लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप