शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी पार्टी एकता हुँदा झलनाथ चीनमा, के गर्दैछन् ?

बिहीबार, ०३ जेठ २०७५, २१ : ०७
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा हुँदा प्रर्वप्रधानमन्त्री झलनाथ खनाल भने चीनमा व्यस्त छन् । 

खनाल तत्कालिन नेकपा एमालेका बरिष्ठ नेता समेत हुन् । पार्टी एक हुँदै गर्दा ‘हाइकमाण्ड’ समितिमा खनाल तेस्रो बरियतामा छन् । 

तर, एमाले र माओवादीले एकता गरेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ मा खनाललाई माधव नेपालले उछिनेको स्रोतले बताएको छ । पार्टी एकता घोषणासभामा खनाल अनुपस्थित भएपछि नेपालले उछिनेका चर्चा हुन थालेको छ । 

खनालले आज चीनमा माओत्सेतुङको शालिकमा पुगेर पुष्पगुच्छा चढाएका छन् । खनालको साथमा दोलखाबाट निर्वाचित तीन नम्बर प्रदेशका प्रदेशसभा सांसद विशाल खड्का पनि रहेका छन् । 

सांसद खड्काले आफ्नो फेसबुकमा ‘संयोग आजको दिन, नेपाल र चीन !’ भन्दै बालुवाटारमा ओली र प्रचण्डले विरुवा रोपेको फोटो र  खनालको साथमा माओत्सेतुङको शालिक पुगेको फोटो सार्वजनिक गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप