शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई साताभित्र एमाले निकट पर्यटन व्यवसायी संगठन नेपाल घोषणा गर्ने

बिहीबार, ०३ जेठ २०७५, २० : १८
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट नेतृत्व र विभाग प्रमुखको कार्यशैलीप्रति गम्भिर असन्तुष्टि देखाउँदै ठूलो संख्यामा बाहिरिएका पर्यटन व्यवसायीहरुले आगामी दुई साताभित्र पर्यटन व्यवसायी संगठन नेपाल एक बृहत कार्यक्रमकाबीच घोषणा गर्ने बताएका छन् । 

नयाँ संगठनका अध्यक्ष सिताराम सापकोटाले आफ्नो नेतृत्वको व्यवसायी संगठनभित्र सयौंको सहभागिता भईसकेको बताउँदै उद्योग व्यवसायी महासंघसँगको प्रक्रियागत केही आन्तरिक तयारीले गर्दा संगठन घोषण ढिलाई भएको बताए । 

उनले संगठनको नाममा हैकमवाद प्रवृति गर्ने  र विभाग प्रमुखको गैर जिम्मेवारीपनका कारण सशक्त संगठन निर्माण गरिएको बताए । 

‘राष्ट्रिय संगठनको नामबाट केही साथीहरु रोईकराई गरिरहेका छन्, अरु केही नपाएर व्यक्ति–व्यक्तिको चरित्र हत्या गर्ने दुस्प्रयास गरिरहेका छन्,’ सापकोटाले भने, ‘त्यसले कुनै अर्थ नराख्ने, कुनै भ्रममा नपरी एमाले निकट व्यवसायीहरुको शक्तिशाली संगठन निर्माणमा लागि पर्न पनि अनुरोध गर्छु ।’

एक अर्को प्रसङ्गमा सापकोटाले संगठन विस्तार र प्रबद्र्धन गर्ने काम कार्य भनेको उद्योग व्यवसायी महासंघको रहेको जानकारी दिए । अहिलेका पर्यटन प्रवद्र्धनका प्रमुख सुर्य थापा भनेको पर्यटनको प्रवद्र्धन गर्ने र नीति नियमको कार्यदिशा बनाउने हो । 

उनको पर्यटनको संगठनभित्र हस्तक्षेप गर्ने अधिकार छैन भन्दै संगठन विधि विधान अनुसार चल्ने बताए । सापकोटाले संगठनमा २५ सदस्यीय केन्द्रीय सचिवालय रहने गरी ७५ जनाको केन्द्रीय कार्यसमिति घोषणा गर्ने उनले बताए । 

एमाले संगठनभित्र विगत तीन वर्षदेखि विवाद चल्दै आईरहेको थियो । संगठनको अध्यक्षमा चन्द्र रिजाल रहँदा  देखि नै सुरु भएको विवाद पछिल्लो समय गत फागुन ११ गते अधिवेशन बोलाएर पार्टीको पर्यटन विभाग प्रमुख सूर्य थापाले व्यवसायीक प्रतिस्पर्धा भन्दा पनि आफु अनुकुल व्यक्तिलाई संगठनको जिम्मेवारी दिएपछि बिबाद थप चरम उत्कर्षमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप