शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्धन उत्थान बैंकद्वारा दार्चुलाको गोकुलेश्वरमा वित्तीय साक्षरता तालिम

बिहीबार, ०३ जेठ २०७५, २० : १३
बिहीबार, ०३ जेठ २०७५

काठमाण्डौं । निर्धन उत्थान बैंक लिमिटेडले बैंकका ग्राहक सदस्यहरुको सहभागितामा बैशाख ३० गते दुर्गम जिल्ला दार्चुलाको गोकुलेश्वरमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” संम्पन्न गरेको छ । उक्त तालिममा गोकुलेश्वर शाखाका ५८ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । वित्तीय साक्षरता तालिम संम्पन्न गरेको बैंकका गोकुलेश्वर शाखाका प्रमुख राम प्रसाद भुसालले जानकारी गराएका थिए । 

शाखा प्रमुख भुसालले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताए । बैंकले साँढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका गोकुलेश्वर शाखाका प्रमुख भुसालले बताए । बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप