शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पल्सर स्पोर्टस् अवार्डमा क्रिकेटको वर्चश्व, हेर्नुहोस् तस्विर

बिहीबार, ०३ जेठ २०७५, १९ : ५३
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्डमा नेपाली क्रिकेटका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। 

त्यस्तै, युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए। सन्दीप हाल भारतमा आइपीएल खेल्न गएकाले उनको अवार्ड विनोद दासले लिएका थिए।

उत्कृष्ट प्रशिक्षकमा क्रिकेटकै जगत टमाटा घोषित भए । 

यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन घोषित भएकी छन्। 

स्पेशल अवार्डबाट क्रिकेटका करण केसी सम्मानित भए भने 

लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबलबाट अशोक केसीलाई दिइयो । 

पल्सर पिपुल्स चोइस अवार्ड स्यान्टु श्रेष्ठले जिते भने  पारा एथलेट अवार्ड हिमाल अर्यालले पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप