बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट सत्तामा छन्, तर साथीहरु सुतली बम पड्काएर हिँडेका छन्ः प्रधानमन्त्री ओली

बिहीबार, ०३ जेठ २०७५, १९ : ४५
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सबै साना कम्युनिष्ट पार्टीहरुलाई एकताका लागि आह्वान गरेका छन् । आज राजधानीमा आयोजित पार्टी एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले भने, ‘आउनुहोस्, सबै मिलेर देश विकासमा लागौं, कुनामा बसेर टेडा कुरा गर्ने कम्युनिष्ट सिद्धान्त होइन ।’ 

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुले सत्ता चलाइरहेको बेला कुनामा बसेर बम पड्काउन सुहाउने कुरा नभएको समेत बताए । उनले भने, ‘कम्युनिष्टहरु यसरी सत्तामा छन् तर साथीहरु सुतली बम पड्काएर हिडिरहनुभएको छ । उहाँहरुले कुन माक्र्सवाद पढेर आउनुभो ?’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाइ पनि देशभक्त र लोकतान्त्रिक बाटोमा आफुहरुसँगै हिड्न आग्रह गरे । उनले भने,  कांग्रेसलाई पनि म प्रमुख प्रतिपक्षको रुपमा मात्र पनि हेरिरहन चाहान्न । आउनुहोस्, राष्ट्रनिर्माणको यो महाअभियानमा सहभागी हौं, निर्वाचन हार्ने वित्तिक्कै नआतिऔं ।

उनले आफुहरुले तानाशाही चलाउन, अहंकार देखाउनका लागि होइन, शालिनतापूर्वक देश चलाउनका लागि यो एकता गरेको दाबी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप