शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी एकताः कमल थापाले दिए बधाई

बिहीबार, ०३ जेठ २०७५, १८ : ४६
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । भृकुटमिण्डपस्थित राष्ट्रिय सभागृहमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा कार्यक्रम सुरु भएको छ । 

कार्यक्रम सुरु भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले एमाले–माओवादीबीच हुन लागेको पार्टी एकताले खुुसी लागेको बताएका छन् । 

‘एमाले–माओवादी मिलेर एउटै पार्टी भएकोमा खुसी लागेको छ,’ सामाजिक सञ्जाल ट्विटमार्फत अध्यक्ष थापाले भने, ‘केपी ओली र प्रचण्डलाई बधाई तथा शुभकामना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप