बैकिङ क्षेत्रमा नयाँ अध्याय शुरु : दरबार मार्गमा एसबीआई बैंकको मानवरहित शाखा
सोमबार, २६ असार २०७४, १४ : ०९
काठमाडौं–नेपालको बैंकिङ सेवा प्रवाहमा नयाँ प्रयोग सुरु भएको छ । नेपालमै पहिलो पटक नेपाल एसबीआई बैंकले राजधानीको दरबामार्गमा मानवरहित अत्याधुनिक डिजिटल बैंकिङ सेवा सुरु गरेको हो ।
‘नेपाल एसबीआई इनटच काउण्टर’ सुरु भएपछि सेवाग्राहीले बिना मानव सहयोगमा डिजिटल सिस्टममा सवै सेवा पाउने भएका छन् । यो सेवाका लागि सो स्थानमा बैंकका कर्मचारी हुदैनन तर सेवाग्राहीले खाता खोल्नेदेखि एटीएम कार्ड लिने सम्म मेसिनवाटै सेवा पाउनेछन् ।
सेवाग्राहीको कागजात पोटोकपी गर्नेदेखि उनीहरुको खाता खोल्ने, एटीएम कार्ड दिने, फोटो खिच्ने सवै काम केही मिनेटमै मेसिनले गर्ने छ ।
यसका साथै, इन्टनेट बैंकिङ सेवा, पैसा जम्मा गर्ने, चेक जम्मा गर्ने तथा आवश्यक नीति नियमपनि जानकारी उपलब्ध हुनेछ ।
बैंकले यो मानव रहित सेवा नेपालमा पहिलो पटक भएको जनाएको छ ।