दुई पार्टीलाई एक बनाउन निकै ठूलो कष्ट ब्यहोर्नु पर्यो माधव नेपाल
बिहीबार, ०३ जेठ २०७५, १८ : ३०
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव नेपालले दुई पार्टीबीचको एकतालाई तार्किक निश्कर्षमा पुर्याउन निकै ठूलो कष्ट ब्यहोर्नु परेको बताएका छन् । केहीबेरअघि नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणासभामा बोल्दै उनले यो साना दुःखले आर्जेको उपलव्धी नभएको बताए ।
नेता नेपालले नेपाली कम्युनिष्टहरुको काँधमा अब थप चूनौती आएको समेत बताए । उनले कम्युनिष्टहरुकै नेतृत्वमा २ हजार वर्षकसम्म जरा गाडेर बसेको सामन्तवादलाई इतिहासको विषय बनाएको दाबी गर्दै यसमा गौरब गर्नुपर्ने बताए ।
उनले नयाँ पार्टीले सुखी नेपाली, शान्त नेपालको परिकल्पनलाई साकार पार्नुका लागि त्यसको नेतृत्व गर्नुपर्नै बताए