बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको नेतृत्वलाई अर्को सपथ खान बाबुरामको सुझाव

बिहीबार, ०३ जेठ २०७५, १७ : ५४
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको सिंगो केन्द्रीय समितिले संयुक्त रुपमा बालुवाटारमा सपथ खाएपछि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले तिखो व्यंग्य गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त रुपमा सपथ खाएलगत्तै संयोजक भट्टराईले व्यंग्यात्मक शैलीमा नेकपाको नयाँ नेतृत्वलाई सरकारी खर्चमा चलेको बालुवाटारमा सपथ खान्न भन्ने  सपथ लिन सुझाव दिएका हुन् ।

केहीबेरअघि ट्वीट गर्दै  उनले भनेका छन्, बिलय पश्चात गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामुहिक सपथ लिंदा एउटा थप सपथ आजै लिए कसो होला ? त्यो हो, हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्नेछैनौं र कहिल्यै सरकारी साधनश्रोतको दुरूपयोग गर्नेछैनौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप