बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक मास्टरकार्डको मुख्य सदस्यको रुपमा छनौट

बिहीबार, ०३ जेठ २०७५, १६ : ५१
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । सिद्धार्थ बैंक मास्टरकार्डको मुख्य सदस्यको रुपमा छनौट हुन सफल भएको छ । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ ।

यही जेष्ठ २ गते काठमाडौंमा मास्टर कार्ड र बैंक बीच मुख्य सदस्यता सम्बन्धी सम्झौता आदान प्रदान भएको छ । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुने र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहरुबाट कारोबार गर्न सक्ने बैंकको बिश्वास रहेको छ । 

बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यस पश्चात ग्राहकहरुले  बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पीओएस टरमिनलमा र मास्टर कार्ड, माएस्ट्रो र साइरस ब्राण्डको कार्डहरु बैंकको ब्त्ः हरुमा प्रयोग गर्न सकिने  बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप