मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हुवोई को नोभा २आई मोवाइलले मूल्य घट्यो

बिहीबार, ०३ जेठ २०७५, १६ : ३४
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्ट फोन प्रयोग गर्न चाहनेहरूका लागि हुवोई को नोभा २आई ले मूल्य घटाएको छ ।  नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा २आइले मूल्य घटाएको हो । हुवोई को नोभा २आई नेपालमा सर्वाधिक विक्री हुने स्मार्ट फोनहरूमध्ये एक हो । यो नेपाली बजारमा भित्रिएको पहिलो फोर क्यामेरा भएको स्मार्ट फोन पनि थियो ।

नेपालमा नोभा २आइ ले पाएको सफलता र नेपाली ग्राहकले देखाएको माया एवं भरोसाको कदर गर्दै हुवोर्ईले मूल्य सस्तो बनाउने निर्णय लिएको हो । पहिले ३३,९०० पर्ने यो स्मार्ट फोन अब मात्र ३०,९०० मा किन्न सकिनेछ । हुवोई ले आफ्नो नयाँ उत्पादन नोभा ३इ नेपालमा भित्र्याएको केही दिनभित्रै नोभा २आइ को मूल्य घटाएको हो । हुवोई नोभा २आइ ५.९ इन्च फुल भ्यू डिसप्ले स्क्रिन रहेको छ र ४ जीवी र्याम, ६४ जीवी स्टोरेज क्षमताको यो फोन एन्ड्रोइड ७.० अपरेटिङ सिस्टम रहेको छ । यो स्मार्ट फोन गाढा नीलो, गाडा खैरो र हल्का सुनौलो रङहरूमा उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप