सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित
बिहीबार, ०३ जेठ २०७५, १६ : २५
काठमाडौं–नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफको उत्कृष्ट प्रशिक्षक र क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी छनोट भएका छन् ।
नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपुर्ण भुमिका खेलेका जगत क्रिकेटकै विनोद दास फुटबलमा छिरीङ लोप्साङ गुरुङ बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक छानिएका हुन् ।
त्यस्तै, यस्तै वर्षको उत्कृष्ट युवा खेलाडी स्पिनर सन्दीप लामिछाने भएका छन् ।
नेपाली क्रिकेटमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका पाएका हुन् ।
यसैगरी पारा एथ्लिटतर्फ ह्विलचियर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट बनेका छन् ।