शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

बिहीबार, ०३ जेठ २०७५, १६ : ०४
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा आज नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल  र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

सम्झौता अन्र्तगत एनसिसि बैँकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा एभरेष्ट इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन् । साथै उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु एनसिसि बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप