बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा जनता बैंकको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२ सय ९५ जनाको स्वास्थ्य परिक्षण

बिहीबार, ०३ जेठ २०७५, १५ : ५३
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडल लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखि जनता बैंकले दोर्दीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

बैशाख २८, २९ र ३० मा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक, कान, घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविरमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएको बैंकले जनाएको छ । जसमध्ये ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको थियो । साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । 

स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले प्राविधिक सेवा प्रदान गरेको बैंकले जनाएको छ । स्वस्थ्य नारी पहल मार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पु¥याउने उद्देश्यले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा गर्ने योजना भएको बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप