शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले एमालेमा लगेर बिलय गराइछोडे : सीपी गजुरेल

बिहीबार, ०३ जेठ २०७५, १५ : ०४
बिहीबार, ०३ जेठ २०७५

हामीले यसअघि देखि नै भन्दै आएको कुरा हो, यो दक्षिणपन्थीहरुको एकता हो । प्रतिक्रियाबादी सत्तालाई बलियो बनाउनका लागि गरिएको एकता हो । असोजबाट शुरु भएको यो प्रक्रियाले आज पूर्णता पाएको छ । हामी क्रान्तिकारीहरुको पार्टी दक्षिणपन्थी अवसरवादी पार्टीसँग मिसिने कुनै पनि संभावना छैन । अब सबै क्रान्तिकारीहरुबीच धु्रविकरणको समय आएको छ । हामी क्रान्तिकारी शक्तिहरु पनि अब एकताको प्रक्रियामा छौँ । यो प्रक्रिया बिस्तारै शुरु भइसकेको छ । माओवादी केन्द्रका साथीहरु अब एमालेसँग एकता हुँदैन भन्दै थिए । अध्यक्षले एमालेसँग एकता नगर्ने स्टन्ड लिइसक्नुभयो भन्दै थिए । तर, अब ती साथीहरुको पनि भ्रम साफ भयो । उनले पार्टीलाई एमालेमा लगेर बिलय गराइछोडे । 
अब एमालेसँग एकतामा नजाने साथीहरु र हाम्रो पार्टीबीच पनि एकता हुन्छ । एमालेमा नगएका कांग्रेसमा जाने कुरा भएन, राप्रपामा जाने कुरा भएन, अब हुने भनेकै क्रान्तिकारी शक्तिहरुको धु्रबिकरण र एकता हो । 
माओवादी केन्द्रका तल्लो तहका क्रान्तिकारी साथीहरु र हाम्रोबीचमा अब एकता प्रक्रिया अघि बढ्छ । 
बिप्लब नेतृत्वको पार्टीसँग पनि कार्यगत एकता भइरहेको छ । पार्टी एकता गर्नेबारेमा औपचारिक छलफल भने भएको छैन् । बैचारिक, राजनीतिक छलफल गरेर हामीबीचमा पार्टी एकता हुन पनि सक्छ । 

कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप