शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकीकरण हुनुभन्दा केही घण्टाअघि देखिएको ओली र प्रचण्डको चेहेरा, हेरौं सात तस्विर

बिहीबार, ०३ जेठ २०७५, १५ : ००
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– आज नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा हुने कार्यक्रम तय भएको छ । पार्टी एकीकरण घोषणाका लागि  अहिले दुवै पार्टीको नेतृत्व बैठक र विभिन्न कार्यक्रममा व्यस्त रहेको देखिन्छ । यसैक्रममा आज बिहान दुई पार्टीको शीर्ष नेतृत्व मदन भण्डारी र जीवराज आश्रितको २५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भए । 

बिहान एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भण्डारी र आश्रितको २५ औं स्मृति दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बृक्षारोपन कार्यक्रममा सहभागी भए भने मदननगर बल्खुमा एमालेद्वारा आयोजित स्मृति कार्यक्रममा समेत उनीहरु सहभागी भए । त्यस्तै बालुवाटारमा आयोजित वृक्षरोपणमा ओली र प्रचण्डले विरुवा रोपेर पानी सिंचित गरेका थिए ।  पार्टी एकीकरण हुनु केही घण्टाअघि दुई पार्टीका शीर्ष नेताहरुको चेहेरा निकै गम्भीर र प्रफुल्ल मुद्रामा देखिएको थियो । तस्विरः रासस

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप