बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत पार्टीको मूल कार्यालय पेरिसडाँडामा, धुम्बाराहीमा प्रचण्डलाई नयाँ कुर्सी

बिहीबार, ०३ जेठ २०७५, १७ : २१
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडालाई बनाइने प्रारम्भिक सहमति भएको छ । 

यस्तै सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीलाई बनाइने छ ।   माओवादी केन्द्र निकट स्रोतका अनुसार  पेरिसडाँडामा केपी ओलीको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ भने धुम्बाराहीमा प्रचण्डको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ  दुई पार्टीबीच प्रचण्ड र ओली नै महाधिवेशनसम्म अध्यक्ष बन्ने  सहमति भएको छ । 

स्रोतका अनुसार भोलिसम्ममा पेरिसडाँडामा नयाँ पार्टीको बोर्ड राख्ने तय भएको छ । दुई पार्टी एकतापछि नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भइसकेको छ । 

दुई पार्टीबीच बिहिबार साँझ  एकता घोषणा गर्ने  तयारी गरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप