शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संयोजन समितिबाट पार्टी एकताको सहमति अनुमोदन

बिहीबार, ०३ जेठ २०७५, १३ : ४१
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– एमाले–माओवादी पार्टीबीचको  एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले  पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले रातोपाटीलाई जानकारी दिए । 
एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने तयारी भएको बताइएको छ  । 

यसअघि दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीच पार्टी एकता गर्ने समझदारी भएको थियो । समझदारी पछि दुबै पार्टीको छुट्टाछुटै बैठक बसेर एकताको सहमतिलाई अनुमोदन भइसकेको अवस्थामा एकता संयोजन समितिको बैठकले पनि औपचारिकता दिएको हो । 

दुई पार्टीले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन् । 

संयुक्त पार्टीको स्थायी कमिटी ४३ सदस्सीय हुनेछ ।  जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन् ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने छन् जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप