एमाले–माओवादी एकताबारे ऋषिराम कट्टेलको यस्तो आयो प्रतिक्रिया
काठमाडौं– एमाले माओवादी एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने दुई दलको निर्णयलाई नेकपाका नेता ऋषिराम कट्टेलले अवैधानिक र अधिनायकबादी सोचको उपज भएको प्रतिकृया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकममा कट्टेलले लेखेका छन् –यो अवैधानिक र अधिनायकवादी सोचको उपजहो । किनकी नेकपा निर्वाचन आयोगको मिति२०७४।५।२२ को निर्णय अनुसार दर्ता भएको दल हो । जवर्जस्ती गर्ने भनेको वैधानिक वाटो हैन ।’ त्यस्तै कट्टेलले उनीहरु कम्युनिष्ट नै अव नरहने पनि दावी गरेका छन् । उनले भनेका छन् –‘बरु हामी ४ पार्टीहरु नेकपा ,क्रान्तिकारी माओवादी ,विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी र मसालबीच वार्ता भइरहेको छ ।’
उनले एमाले माओवादी एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा के असर गर्दछ ? भन्ने प्श्नमा तीन फाइदा भएको बताएका छन् । ‘पहिलो कम्युनिष्ट आन्दोलन भ्रमवाट मुक्त हुन्छ दोस्रो यसले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारीधारालाई पुर्नगठित गर्न सहज हुन्छ र तेस्रो वर्तमान सत्ताको मुख्य वर्गीय प्रतिनिधि नेपाली काँग्रेसलाई कमजोर गर्दछ ’ कट्टेलको प्रक्षेपण छ ।
उनले उनीहरुको एकतावाट क्रान्तिकारीहरु बेखुसि हुनु नपर्ने पनि जनाएका छन् । ‘प्रतिक्रियावादका मुख्य केन्द्रहरु कमजोर हुनु भनेको अर्को प्रतिक्रियावादी वलियो हुनु हैन । जसरी राणा ढलेपछि राजा वलियो भएन ,राजा ढलेपछि काग्रेस वलियो भएन । त्यसैगरि काग्रेस कमजोर भएपछि अर्को प्रतिक्रियावादी (एमाले माके ) वलियो हुदैहुदैन । यात क्रान्तिकारीले विजय हासिल गर्नेछन् यात प्रतिक्रियावादको अर्को केन्द्र तयार हुनेछ ।’ कट्टेलले एकताले नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकतावद्ध हुन, सिद्धान्तप्रति अटल रहन र नयाँ जनवादी क्रान्तिको वाटोमा भ्रमरहित भएर अघि वढ्न अझै आँट बढाउने दावी पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान