शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी चार अवस्थामा खानुहुँदैन सोयाबीन नखानुहोस्, बढाउनेछ समस्या

बिहीबार, ०३ जेठ २०७५, १२ : २३
बिहीबार, ०३ जेठ २०७५

आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ । तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।

भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

मुटु रोगः

यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।

गर्भवती महिलाः

डा. शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।

मृगौलाको समस्या हुँदाः

मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

थाइराइडका बिरामीलेः

सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप