केन्द्रीय संस्करण

बालुवाटारमा सुरु भयो एकता संयोजन समितिको बैठक

person explore access_timeजेठ ३, २०७५ chat_bubble_outline0
फाइल तस्बिर

काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक  सुरु भएको छ।  बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो । बैठकले  एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ ।  
बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ घण्टा लामो छलफलपछि पार्टी एकता गर्ने सहमति जुटेको थियो । सो सहमतिपछि दुबै पार्टीको बैठकले एकता गर्ने निर्णयलाई अनुमोदन गरिसकेका छन् । 

एमालले बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेको थियो भने पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । 
यस्तै माओवादी केन्द्रले पनि सोहि समयमा पार्टी कार्यालयको विस्तारित बैठक बोलायो । माओवादी बैठक  प्रचण्ड निवास खुमलटारमा बसेकाे थियाे । दुवै बैठकमा पार्टी एकतामा भइरहेका प्रगतिवारे छलफल भए र एकतालाई टुङग्याउने विषय अनुमोदन भएकाे हाे ।  । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ